images
images
  • भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश छन् : डा. बाबुराम भट्टराई

    काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश रहेको बताएका छन् ।

    जनकपुरमा शनिवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।

    उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र पहिचानवादी आन्दोलनबाट आएका राजनीतिक दलहरू पनि बिस्तारै थाक्दै, गल्दै गएको जिकिर गरे । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भइदिएको भए स्थिरता आउने दाबी समेत गरे ।

    संघीयतासम्बन्धी आवश्यक नियम, कानुन आदि बेलामा नबनाइदिँदा ठिक ढंगले कार्यान्वयन हुन नसकेको बताए ।

    पूर्वप्रधानमन्त्री डा. भट्टराईले अहिलेको संघीयता अपूरो रहेको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्