
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शासन सत्तामा पुग्नेहरूले गरेका विकृतिका कारण लोकतान्त्रिक गणतन्त्रको बदनाम भएको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले आम सर्वसाधारणको जीवनयापन उकास्न तथा देशमै उद्योगधन्दा स्थापना गरी रोजगारीको व्यवस्था गर्न २०६२/०६३ को क्रान्ति भएको बताए । उनले क्रान्तिमार्फत जनताले गरेको आशा र भरोसामाथि सत्तामा पुग्नेहरूले वास्ता नगरेको आरोप लगाए । नेताहरू दलाल पुँजीपतिहरूको दलाली गर्ने र कमिसनतन्त्रमा रमाउन थालेकाले लोकतन्त्रमाथि अनेक किसिमको प्रहार हुन थालेको उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले राज्यसत्तामा हुनेहरूको नीतिहीनता र अकर्मण्यका कारण देशमा प्रतिगमनकारी शक्तिहरु सलबलाउने मौका पाएको बताए । उनले सबै किसिमका प्रतिगमनकारीहरूलाई परास्त गरी देशलाई आमूल परिवर्तनको दिशामा लैजान तत्काल पहलकदमी थाल्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्