पोखरा : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनका नाममा हिंसा भड्काउने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघको १२औँ वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले सरकारले अराजक, अनुशासनहीन गतिविधि हेरेर नबस्ने र व्यवस्थाविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।
‘हामीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिसकेका छौँ, यस्ता गतिविधिमा संलग्नलाई छानबिन गरेर कारबाही हुन्छ’, उनले भने, ‘राजतन्त्र आफ्नै कारणले सक्किएको हो। आफ्नो परिवार र संस्था बचाउन नसक्नेले फेरि देश र तीन करोड नेपालीलाई कसरी बचाउन सक्छ? संविधानको खिलाफका कुनै गतिविधि नगरौँ।’
अहिलेको व्यवस्थाको विकल्प नरहेको र व्यवस्थाविरुद्ध हुने गतिविधिलाई कुनै पनि हालतमा छुट दिन नसकिने भन्दै मन्त्री गुरुङले चित्त नबुझे अहिलेको व्यवस्थानुसार रहेक पाँच वर्षमा हुने चुनावबाट आफ्नो मुद्दा स्थापित गर्न सुझाव दिए।
प्रतिक्रिया दिनुहोस्