images
images
  • नजरबन्दमा रहेका सुवेदीलाई कडाइ : मोबाइल समेत प्रयोग गर्न दिइएन

    काठमाडौँ । राजावादीहरूको संयुक्त आन्दोलनको नेतृत्व गरिरहेका नवराज सुवेदी अहिले नजरबन्दमा छन् ।

    गत चैत १५ गते राजावादीहरूले गरेको अशान्तिपूर्ण आन्दोलनपछि सरकारले उनलाई उनकै घरभित्र नजरबन्द गरेको हो ।

    अहिले गुह्येश्वरीस्थित नवराजको घरमा पत्नी र छोरासहित अन्य तीन नजिकका आफन्तहरू बसेका छन् । उनीहरू सबैलाई बाहिर निस्किन कडाइ गरिएको छ । उनको घर बाहिर सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् । सुरक्षाकर्मीहरूले उनको घर छेउछाउमा हिँडडुल गर्न कडाइ गर्दै फोटो खिच्नमा पनि रोक लगाएको छ ।

    ‘हामीलाई एकपटक बाहिर निस्किएपछि भित्र पस्न नपाउने भनिएको छ । तरकारी र अत्यावश्यक वस्तु खरिदका लागि एकपटक जान दिइन्छ ।’ उनका पारिवारिक स्रोतले भने ।

    स्रोतका अनुसार प्रहरीले उनको मोबाइल स्वीच्ड अफ गरेर एक ठाउँमा राखिदिएको छ । सुवेदीलाई उनको मोबाइल फोन समेत प्रयोग गर्न दिइएको छैन । तर घर इन्टरनेट भने नकाटिएको स्रोतले बतायो । केही नेता हिजो उनको घरसम्म पुगे पनि सुरक्षाकर्मीले फर्काइदिएका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्