
रातोपाटीन्यूज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक
सुनकोशी गाउँपालिका–५ सुनकोशीस्थित बर्दानेश्वर महादेव मन्दिरमा भक्तजनका लागि फ्रि वाईफाई जडान गरिएको छ ।
बर्दानेश्वर महादेव मन्दिरमा यरोनेट प्रालिसंग बर्दानेश्वर महादेव महादेव मन्दिर संरक्षण संस्थासंग सम्झौता भई फ्रि वाईफाई जडान गरिएको बर्दानेश्वरका अध्यक्ष कुमार बस्नेतले जानकारी दिएका छन् ।
अघिल्लो स्थानीय सरकारले मन्दिर निर्माणमा सघाउ गरेको थियो । हाल सुनकोशी गाउँपालिकाले पाँच लाख बजेट प्रदान गरेपछि उक्त मन्दिर मर्मत भईरहेको बस्नेतले बताए ।
२०८० चैतमा श्रीमत् भागवत सप्ताह ज्ञान महायज्ञ लगाई दाताहरुबाट सात लाख ७१ हजार रुपियाँ संकलन गरी मन्दिर निर्माणमा लगाईएको थियो । साथै उक्त रकमबाट बर्दानेश्वर मन्दिरको नाममा एम्बुलेन्स संचालनमा ल्याएको छ ।
आर्थिक रुपमा कमजोर भएका बिरामीलाई निशुल्क अस्पताल पु-याउने, ल्याउने गरिदै आएको बस्नेतले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्