
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आफ्नो आर्थिक वर्ष २०८१/८२ को वार्षिक रणनीति तथा बजेटअन्तर्गत स्वीकृत स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका विभिन्न पदहरूमा कार्यक्षमताको मूल्याङ्कनद्वारा पदपूर्ति गर्न आवेदन आह्वान गरेको छ।
बैंकको जनशक्ति व्यवस्थापन विभाग, मुख्य कार्यालय, काठमाडौँले लोक सेवा आयोगको मिति २०८१ चैत २१ मा प्राप्त गरेको सहमति अनुसार पदपूर्तिका लागि आवेदन मागेको हो ।
सूचनाअनुसार, विभागीय प्रमुख, शाखा प्रमुख, शाखा अधिकृत, ऋण कर्जा प्राविधिक अधिकृत र कार्यालय सहायक गरी विभिन्न स्तर र सेवाका कुल ६८ पदहरू रहेका छन् । सम्भाव्य उम्मेदवारहरूलाई सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र बैंकको मानव संसाधन सूचना प्रणाली मार्फत अनलाइन दरखास्त पेस गर्न आह्वान गरिएको छ। आवेदन दस्तुर अधिकृत स्तरका लागि रु. १,००० र सहायक स्तरका लागि रु। ६०० तोकिएको छ, जुन एडीबीएल मोबाइल बैंक मार्फत अनलाइन भुक्तानी गर्नुपर्नेछ।
बैंकले तोकिएको अवधिभित्र रीतपूर्वक आवेदन नगर्ने वा दस्तुर नबुझाउने उम्मेदवारहरू बढुवा प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट पारेको छ। थप जानकारीका लागि बैंकको जनशक्ति व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्