images
images
  • यस्तो छ देशको आठ महिने आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले देशको आठ महिने आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बुधबार केन्द्रीय बैङ्कले आर्थिक वर्ष २०८१/८२ को आठ महिने आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।

    प्रतिवेदनअनुसार समीक्षा अवधिमा आयात ११ दशमलव २ प्रतिशत र निर्यात ५७ दशमलव २ प्रतिशतले बढेको छ ।

    विप्रेषण आप्रवाह ९ दशमलव ४ प्रतिशतले बढेको छ । शोधानान्तर स्थिति ३ खर्ब १० अर्बले ३७ करोडले बचत हुँदा कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब २७ करोड पुगेको छ ।

    समीक्षा अवधिमा नेपाल सरकारको खर्च ८ खर्ब ३९ अर्ब ३६ करोड हुँदा राजस्व परिचालन ७ खर्ब २० अर्ब ३५ करोड रुपैयाँ रहेको छ । प्रतिवेदनअनुसार बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ४ दशमलव ३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ६ प्रतिशतले बढेको छ ।

    वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९ दशमलव ५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७ दशमलव ७ प्रतिशत रहेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्