images
images
  • सुखी नेपालीको लागि मेरो खुलापत्र

    तपाईको हो तपाई ले कुनै दिन आफुले आफुलाई प्रश्न गर्नु भएको छ । म को हो ? तपाई समाजमा कुन लेबलमा हुनुहुन्छ ? अनि तपाईको परिवार आफ्ना मान्छेहरु के गर्दै छन् कहिले ख्याल गर्नु भएको छ मलाई त लाग्छ तपाईमा पनि आजको समयमा वितृष्णा पैदा भै रहेको छ, कमजोर महशुस भै रहेको छ ।

    हामी हाम्रो समाज परिवर्तन चाहिरहेका छौ, परिवर्तन तर सम्भव छ र ! भन्ने लागि रहेको होला केहिलाई भने विलासितामा झुमेर बाबा आमाको कमाइमा रमेर बाहिरी आखाँ लाउने समय नहुन पनि सक्छ । हुनत तपाई हाम्रो समय नै कहाँ छर है दिन भर फोनमै झुम्मियर समय जान्छ आजको सामाजिक संजालले हाम्रो समय खाइ दिन्छ । फलानोले यस्तो गरेछ, यहाँ गएछ, उहाँ गएछ भन्दै कुरा काटेरै विलासितामा दिन बिती रहन्छ ।

    हामी सौखिन नेपाली अनि बढी बितृष्णाबादी नेपाली जसको देखो देखासेखी गर्नै पर्ने, राम्रो ठाउँ घुम्न जानै पर्ने, राम्रो-राम्रो खानै पर्ने, ऋण गरेर भए पनि ब्राण्डेड कपडा लाउनै पर्ने, ब्राण्डेड ब्राण्डेड फोन बोक्नै पर्ने, मलाई त लाग्छ घरि-घरि गरिब देशका सुखी नेपाली केमा कम छ र, आफन्तले पुर्याईदेकै छन् ।

    आज सबको हातमा आइफोन छ, ठुलो-ठुलो होटलमा लन्च र डिनर हुन्छ तर देश र जनताको आर्थिक स्तर बाहिर राम्रो बोक्रो भित्र खोक्रो भै रहेछ । आजको हाम्रो समाजमा नेपालमा केहि गर्छु भन्दा ऋण पाइन्न अनि बिहे गर्छु भन्द छोरी पाइन्न तर बिदेश जान्छु भन्यो भने ऋण नि पाइन्छ छोरी नि पाइन्छ किन यस्तो यसको समाधान को हो ? त तपाई हामीले सोच्या छ त !

    बिदेशी केटा पाए कसैको ब्वाइफ्रेण्ड हुदैँन बाबा आमाको पनि कर हुन्छ तर म नेपाल मै बस्छु सुखसँग पाल्छु भने करियर डेब्लब हुदैँन कसैको ब्वाइफ्रेण्ड हुन्छ बाआमा छोरी दिन हैन खोजिदिने हुन्छन यो किन हामी नेपाली हैन र ? बिदेशीप्रति किन मोह मात्र सोच्ने ? विदेशमा अर्काको भाँडा माझने किन ? नेपालमा आफ्नो भाँडा माझने किन छि छि ? हामी आफूले आफैलाई के ठान्छौ के सोच्छौ सोच्नु पर्दैन ?

    विदेशी दल-दल राम्रो, छिनभरमा मान्छे लिलाम हुन्छ त्यो राम्रो तर स्वदेशी हलचल किन नराम्रो सोच्नु पर्दैन हामीले ! म जस्तो बेरोजगारले सोच्दा तपाई जस्तो आत्मनिर्भर बनि सकेको मान्छेले सोच्नु भएन यदि हाम्रो समाजको अवस्थालाई सोच्नु भयो भने के प्रयास गर्नु भयो त ? हाम्रो समाज परिवर्तनको लागि हामी अरुको आशमा हैन, हामी आफैबाट सुरु गर्नु छ ।

    सुखी र व्यवस्थित समाज निर्माणको अभियान सुखी नेपाल खुशी नेपालीको लागि त्यसैले हामीले हाम्रो परिवर्तन गर्नु नै छ, आश बोकी अगाडी बढ्नु नै छ, अनि हाम्रो सामाज परिवर्तन गर्न आफूबाटै सुरु गर्नु छ । त्यसैले अरुले हैन आफैले सोच्नु छ, म अनि तपाई मिलि समाज परिवर्तन गर्नु छ ।

    यो अवस्थामा म मेरो परिवार, मेरो समाज, समग्र मेरो देशको प्रगतिको लागि मेरो अभियान अनि तपाईलाई यो अनुरोध छकी म तपाईलाई सकेको सहयोग गर्छु, तपाई पनि गर्नुहोस अनि अरुलाई नि भन्नु होस । आफूले-आफूलाई चिन्ने कोशिस गर्नुहोस । हामी सबै एउटै छैनौ, समाजमा हामी सबैको स्वरुप र स्वभाव एकै प्रकारका छैनन्, सबै भिन्न छन् ।

    मेरो तपाईलाई आवश्यक पर्छ, तपाई मेरो आवश्यकतामा, यहाँ म त आफ्नो बारे सोध्दै छु, खोज्दै छु, तपाई सोच्नु होस, खोज्नु होस, आफ्नो कर्म गर्न पछी नपर्नु होस र अरुलाई गर्न प्रेरित गर्नु होस । यो उराठ लाग्दो समयमा म त अब आफुलाई विस्तारै बुझदै मेरो सिपले मेरो ज्ञानले तपाईको सकारात्मक परिबर्तनको लागि सहयोग गरी समाज परिवर्तन गर्न चाहन्छु । के तपाईको राम्रो परिवार, राम्रो समाज बनाउने चाहना छैन त ? पक्कै पनि हामी अरुको आशमा हैन हामी आफैबाट परिवर्तन सुरु गर्नुपर्छ ।

    के तपाईले बिना स्वार्थ कहिले कसैलाई सहयोग गर्नुभएको छ वा गर्नुभएको छैन, कि सोच्नु भएको छ ? खासै छैन होला मलाई लाग्छ तपाईले कहिले काहिँ पैसा दान दिनु भएको चै होला त्यस सहयोगमा कुनै परिवर्तन पाउनु भएको छ त ! पक्कै पनि तपाइँलाई थाहा छैन होला, म त भन्छु बिनास्वार्थ आफुले जानेको सिकाउनु होस, सकेको सहयोग गर्नुहोस र सिपको बिकास गराई दिनुहोस अनि तपाईले गरेको सहयोगको प्रतिफल देख्नु हुनेछ ।

    तपाईको सहयोगले कसैको जीवनमा सकारात्मक परिवर्तन ल्याओस् यो बुझनुकी तपाई आर्थिक सहयोग हैन सिपले सहयोग गर्नुहोस । तपाईले आफनो मनदेखि अरुलाई सहयोग गर्नुहोस किनकी पैसा क्षणिक हुन्छ तर सिप जीवनभरलाई हुनेछ ।

    हाम्रो समाज हामीले नै परिबर्तन गर्नु छ यहाँ अरु कोहि माइकलाल आउदैन तपाइको अवसरमा सहयोग गर्नुहोस तपाइको समयमा सहयोग गर्नुहोस तपाइको यात्रामा सहायोग गर्नुहोस एक अर्काको सहयोगबाटै परिवर्तन सम्भब छ ।

    तपाई आफ्नो लागि सहयोग गर्नुहोस, समाजको लागि सहयोग गर्नुहोस, देशको लागि सहयोग गर्नुहोस तर पैसाले किनेर हैन, सिप ज्ञान दिएर अरुलाई सहयोग गर्नुहोस । लाग्छ तपाईले आफुलाई चिनिसक्नु भएको छ र आगामी दिनमा तपाईले सकेको अरुलाई सहयोग गर्नुहुनेछ भने अरुलाई पनि सहयोग गर्नु अनुरोध गर्नुहुनेछ ।

    मेरो सहयोग तपाईलाई, तपाईको सहयोग यस समाजलाई अनि सारा देशलाई । मलाई मेरो समाज र मेरो देशको माया छ, आउनुहोस् तपाई हामी मिलि सुखी नेपाली सम्बृद्ध नेपालको अभियान अघि बढाउन् हातेमालो गरौँ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्