images
images
  • प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव : सडकमा होइन सरकारको गति बढाउन शक्ति लगाउनुस्

    काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा नभएर सरकारको कामको गति बढाउन शक्ति प्रदर्शन गर्नुपर्ने बताएका छन् ।

    नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओली सडकमा शक्ति प्रदर्शनमा व्यस्त हुन थालेको भन्दै आलोचना गरे ।

    ‘प्रधानमन्त्रीले सडकको प्रदर्शनमा होइन, सरकारको प्रदर्शनमा ध्यानकेन्द्रित गर्न जरुरी छ,’ उनले भने, ‘आज दिनभर प्रधानमन्त्रीज्यूको समय शिक्षक आन्दोलनको हल खोज्नकेन्द्रित हुनुपर्थ्यो । तर, प्रधानमन्त्रीज्यू त्यतातिर होइन सडकतिर लाग्नु भो ।’

    सरकारको काम सन्तोषजनक हुन नसक्दा गणतन्त्रप्रति जनतामाझ असन्तुष्टि बढेको  उनले बताए ।

    प्रधानमन्त्रीले सरकारको कामको क्षमता दोब्बर बनाएर गणतन्त्रप्रति जनताको समर्थन दोब्बर बढ्ने उनले बताएका छन् । ‘सडक प्रदर्शन हामी दलहरूले गरौंला । प्रधानमन्त्रीज्यूले सरकारको काम गर्ने क्षमताको दोब्बर प्रदर्शन बढाउनुस्, तब गणतन्त्रप्रति जनताको समर्थन दोब्बर बढ्नेछ ।’

    राजनीतिक दलहरूले सडक प्रदर्शन गर्नु लोकतन्त्रमा स्वभाविक हुने उनको भनाइ छ । प्रदर्शन हिंसात्मक हुन नहुने उनले बताए।  सडकमा प्रदर्शनले लोकतान्त्रिक गणतन्त्रलाई नै बलियो बनाउन सहयोग गर्ने उनको भनाइ छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्