images
images
  • वीरगञ्जमा दुई समुदायबीच झडपपछि कर्फ्यु

    काठमाडौं । पर्साको वीरगञ्जमा दुई समुदायबीच झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको छ ।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ कर्फ्यु आदेशको सूचना प्रकाशित गर्दै कर्फ्यु लगाएका हुन् । कर्फ्यु शनिबार साँझ ६:३० बाट सुरु भएर आइतबार दिनको १२ बजेसम्मको लागि लगाइएको हो ।

    कर्फ्युका बेला तोकिएको क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने कर्फ्यु आदेशमा उल्लेख छ ।

    कर्फ्यु लागु गरिएका क्षेत्रमा पूर्वमा भेडियाही चौक (वीरगंज महानगरपालिका–१५), पश्चिममा सिर्सिया पुल (वीरगंज महानगरपालिका–२५, उत्तरमा गण्डक चौक (वीरगंज महानगरपालिका–१४) र दक्षिणमा शंकराचार्य गेट (वीरगंज महानगरपालिका–१६) रहेका छन् ।

     यस्तो छ कर्फ्यु आदेशः

     

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्