images
images
  • कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने, शिक्षक नगए निजामती कर्मचारी खटाउने तयारी

    काठमाडौँ । काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलन र शिक्षामन्त्रीको राजीनामाले उत्पन्न भएको अन्योलताबीच कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा पूर्व निर्धारित तालिकाअनुसार नै सञ्चालन गर्ने निर्णय गरेको हो ।

    मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा सार्ने कुनै योजना नभएको स्पष्ट गर्दै सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत परीक्षा केन्द्र तोकिएका विद्यालयहरूलाई तयारी गर्न निर्देशन दिएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा स्थगित हुने भन्ने आशंका निराधार भएको उल्लेख गर्दै, सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेको जानकारी दिए । आन्दोलनको प्रभावका बाबजुद पनि विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै परीक्षा तोकिएको मितिमै सञ्चालन गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

    यसअघि भएका सहमतिहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै आन्दोलनरत शिक्षकहरूले कक्षा १२ को परीक्षमा सहभागी नहुने निर्णय नै गरेका थिए । माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने उनीहरुको अडान छ ।

    तर बोर्ड अध्यक्ष शर्माले भने निजामती कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गरिने बताए । ‘सबै शिक्षक आन्दोलनमा हुनुहुन्न । सकेसम्म हामी शिक्षक नै केन्द्राध्यक्ष र निरीक्षक राख्छौँ,’ उनले भने, ‘जहाँ हुनुहुन्न, त्यहाँ सिडिओले विकल्प खोजेर परीक्षा सञ्चालन गर्न सक्नुहुनेछ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्