images
images
  • हजारौँ सपनाहरुबीच भजनशिरोमणि भक्तराज आचार्यको जीवन

    परिचय :
    जन्म : १६ असोज १९९९ धनकुटा
    मृत्यु : १४ फागुन २०८० (८१ वर्ष)
    ललितपुर, नेपाल
    अन्य नाम : भजन शिरोमणि
    पेशा : गायक, सङ्गीतकार
    कार्यकाल : सन १९७३–१९८६
    सन्तान : सत्यराज आचार्य, स्वरूपराज आचार्य
    मातापिता : बलभद्र आचार्य, रेनुका आचार्य
    पुरस्कार : स्वामि नारायणाचार्य श्रुति सम्मान (सन २०१०) पद्मश्री साधना सम्मान (सन २०२०)
    मृत्यू : २०८० फागुन १४ गते

    भक्तराज आचार्य भजन शिरोमणिको उपनामले परिचित एक नेपाली गायक र सङ्गीतकार थिए, जसलाई व्यापक रूपमा नेपालमा सर्वकालिक महान गायकको रूपमा चिनिन्छ । उनको जन्म बुबा बलभद्र र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६ मा भएको थियो । उनले साढे एक वर्षमै बुबा गुमाएका थिए। सोहि बेला गाउँमा चलेको महामारीका कारण आमासँगै उनी भारतको डुअर्सको चियाबगान पुगेका थिए जहाँ उनका जीवनका ३१ वर्ष बिताएका थिए । सन १९७० को दशकमा दार्जिलिङका गायकहरू नेपाल आउने क्रममा उनी नेपाल आएका थिए । बिस्तारै आमाको अवस्था पनि कमजोर हुँदै गएपछि कम उमेरमै उनले पारिवारिक दायित्व सम्हाल्नुपरेको थियो । जस्तोसुकै विपत्तिमा पनि सङ्गीतप्रतिको उनको लगाव जारी नै रह्यो । सङ्गीत प्रभाक सम्म उनले अध्ययन गरेका थिए ।

    भक्तराजको संघर्षको जीवन, उनले भोगेका दुःख र उनले पाएको सफलता कुनै सिनेमा भन्दा कम छैन् । उनी डुबर्सको चिया बगानमा मात्रै सीमित रहेको भए भक्तराज आज भक्तराज हुने थिए या थिएनन, त्यो अज्ञात कुरा नै भयो । काठमाडौंबाट फर्किएको केही समयमा दिदीको घरमा केही कुरा नमिलेपछि उनी फेरि हार्मोनियम बोकेर काठमाडौं छिर्छन । काठमाडौं आउँदै गर्दा उनले बाटोमा भन्छन, ‘सबैलाई भनिदिनू भक्तराज आचार्य बस चढेर सपना पूरा गर्न हिँड्यो । उनका कति सपना पूरा भए, कति सपना अधुरा रहे त्यो भक्तराजलाई नै थाहा होला । २०३० सालमा अधिराज्यव्यापी गीत प्रतियोगितामा भने उनले प्रथम स्थान हासिल गरे । उनीलाई नै थाहा थिएन उनले स्वर्ण पदक जितेको उनी अभावको खाडलमा भासिएका थिए । बिरामी थिए । सायद भोकभोकै बन्द कोठामा रुमल्लिरहेका थिए । अभावको अगाडि स्वर्णपदक के गर्नु, उनले ६०० रुपैयाँमा त्यो पनि बेच्छन ।

    सन १९७३ मा रेडियो नेपालले आयोजना गरेको अखिल नेपाल गीत प्रतियोगितामा स्वर्ण पदक जितेपछि आचार्यको गायक यात्रा सुरु भएको थियो । तीसको दशकको सुरुवातसँगै उनको साङ्गीतिक जीवनले मोड लिएको थियो। वि.सं. २०३० सालमा काठमाडौंमा भएको अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिताुमा उनले गाएको ुहोसियार यसबखत समयको मुखलाई चिन्नु प्रथम भएको थियो र उनले स्वर्ण पदक प्राप्त गरेका थिए । यस गीतका संगीतकार तथा रचनाकार अम्बर गुरुङले पनिस्वर्ण पदक प्राप्त गरेका थिए ।
    प्रतियोगितामा प्रथम भएपछि रेडियो नेपालमा जागिरे भएका थिए । त्यसयता वि.सं. २०४६ सालसम्ममा उनले साढे चार सय गीत रेकर्ड गरिसकेका थिए । उनको सांगितक जीवन सन् वि.सं २०४६ सम्म फैलिएको थियो । उनले ४५० वटा गीत रेकर्ड गरेका थिए भने २५–३० वटा गीत रचना गरेका थिए । दुई दर्जनबाहेक सबै गीत उनले आफ्नै रचनामा तयार पारेका थिए। उनले धेरैजसो भजन र त्यसबाहेक आधुनिक, गजल, राष्ट्रिय, बालगीत लगायत कोएर, ब्यालेट, कविता गायन र चलचित्रको पाश्र्व गायनसमेत गरेका छन्। युगल गीत भने चारवटा मात्रै गाएका छन् ।

    वि.सं. २०४६ सालको एक साँझ बौद्धमा साङ्घातिक हमला भएपछि भक्तराजका टाउकामा झन्डै सयभन्दा बढी टाँका मार्नुपरेको थियो। त्यसयता लगभग उनको गायनयात्रामा विराम लागेको थियो । उनका दुई सुपुत्र सत्यराज र स्वरूपराज पनि नेपाली सुगम सङ्गीतमा स्थापित गायक छन् । आक्रमणपछि भक्तराजको जिब्रोमा सेतो दाग देखिन्छ, डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि सुरिलो त्यो स्वर हामीमाझबाट हराउँछ । उनको जिब्रो काटिन्छ । जीवन भन्नु त घात छ । मृत्यु भन्नु त सास छ, भक्तराजले आफ्ना लागि नै गाएको जस्तो बन्यो यो गीत पनि । भक्तराज स्वरविहीन बने । आवाजविहीन बने । हजारौँ सपनाहरुमाथि एकैपटक उनको जीवनमा अभाव र सङ्घर्षको हमला अनुभव गरेका उनको २०८० फागुन १४ गते ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा उनको बाटोमै निधन भएको थियो । भक्तराज आज भौतिक शरीरमा नभएतापनि उनी आज इतिहास बनेर आज पनि हाम्रो सामु अभिरहेका छन् । संगितप्रति उनकोे जीवन समर्पण यो भक्तराज र नेपाली सङ्गीत जगतका लागि महत्वपूर्ण कुरा हो । भक्तराजले गाएका कालजयी गीत सधैं अमर छन र अमर रहिरहनेछन ।

    उनका चर्चित गीतहरूः
    जीवन भनुँ त घात छ॥। मुटु जलिरहेछ, यो मन गलिरहेछ॥। जति चोट दिन्छौ देऊ मायालु॥। सबै बेहोसी नशा पिएर॥। हजार आँखा हेर्ने मेरी मायालुलाई॥॥॥। भुल्नै सकिन त्यो क्षण मिलनको॥। सबैबाट तिरस्कृत॥। यो कथा सुरु गरेर॥। आँसुजस्तो हो जीवन॥। हजार सपनाहरूको माया लागेर आउँछ॥॥॥ जहाँ छन बुद्धका आँखा॥॥। कोही नगरोस प्रेम अमर॥॥

    चर्चित भजनहरूः उनका भजनहरू थुप्रै भएतापनि केहि चर्चित भजनहरू निम्नानुसार छन् :
    एकदिन मैले प्रभुसँग सोधेँ, तन मन बचनले, सब निदाए प्रभु, लौन अब मेरो प्रभु, जगत कि आमा, अन्नतदेखि बगिरहेको, जय गुरु गणपती मंगल मूर्ति, श्री राम प्रभुको चरणकमलमा, प्रेम प्रभुको शाश्वत धारा, बजिरहेछ बाँसुरी, भगवान जीवन नाऊ, भव सागरमा डुबी सकेँ म, रहेन छ केही, कति लिन्छौ परीक्षा भगवान, दुस्खै दुस्ख मिल्दा पनि, दुर्गे देऊ भक्त्ति मलाई, न धन त्यागेर त्यागी हुन्छ, हामी भुलेछौ धन जन मधले, हे मनमोहन मुरलीवाला, सजल सजल यो नैन भिखारी, राम यहीँ छन श्याम यहीँ छन्, भगवान दर्शन कसरी पाऊँ र ईश्वर प्रभु नै अन्तर्यामी

    पुरस्कारः
    भजन शिरोमणि, पद्मश्री पुरस्कार, गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट (पहिलो), वीरेन्द्र (ऐश्वर्य सेवा पदक) राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय सङ्गीत सम्मान २०७५, लाइभ टाइम अचिभमेन्ट अवार्ड, उनको जीवनीमाथि आचार्यु नामक चलचित्र पनि बनेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै