काठमाण्डौँ । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले मंगलबार सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
मन्त्रालयले प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्यलाई सरुवा गरेको छ ।
बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा नरेन्द्र राना तोकिएका छन् । यसअघि प्रशासन प्रमुख रहेका नारायण सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ ।
सुशीला अर्याललाई समेत महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ । रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकका रुपमा तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्