images
images
  • बागमतीका मुख्यमन्त्रीले भेटे प्रचण्ड, ६ गते विश्वासको मत लिँदै

    काठमाडौँ । विश्वासको मत लिनुअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पार्टीमा छलफल थालेका छन् । आज मात्रै मुख्यमन्त्री जम्कट्टेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

    अल्पमतमा परेपछि नैतिक संकटमा रहेका मुख्यमन्त्री जम्कट्टेलले बागमती सरकारको अबको रणनीति, संगठन निर्माण र पछिल्लो राजनीतिक घटनाक्रम बारे प्रचण्डसँग छलफल गरेका हुन् ।

    छलफलमा मुख्यमन्त्री जम्कट्टेल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल र मुख्य सचेतक रत्न ढकाल लगायतको सहभागिता थियो ।

    केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि नेकपा एमालेले मुख्यमन्त्री जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिएको थियो । यससँगै बागमती प्रदेश सरकार अल्पमतमा छ ।

    अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै