images
images
  • तत्काल विस्तारित सेवा सुरु गर्न केन्द्रीय अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं- विस्तारित अस्पताल सेवा प्रदान नगरेका संघीय अस्पतालहरूलाई विस्तारित सेवा सुरु गर्न  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले ठूला संघीय अस्पतालहरूले तत्कालै विस्तारित सेवा प्रदान गर्न निर्देशन दिएको हो।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा ‘विस्तारित अस्पताल सेवा प्रदान नगरेका संघीय अस्पतालहरूले विस्तारित अस्पताल सेवा कार्यक्रमसम्बन्धी कार्यविधि, २०७७ बमोजिम सेवा यथाशीघ्र सुरु गर्न गराउनुहुन र सो सेवा संचालन गरेपश्चात मन्त्रालयलाई जानकारी गराउन हुन अनुरोध छ,’ भनिएको छ।

    नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदभार ग्रहणगरेसँगै एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था दाबी गरेको थिए।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै