images
images
  • बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजाऔँ : ऊर्जामन्त्री खड्का

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् ।

    बूढीगण्डकी जलविद्युत् आयोजनाको वर्तमान अवस्था, चुनौती र भावी कार्यक्रमको बारेमा बिहीबार मन्त्रालयमा आयोजित छलफलमा उनले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि बूढीगण्डकी परियोजनाभित्र देखिएका समस्यालाई समाधान गर्दै तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताए ।

    ऊर्जामन्त्री खड्काले बूढीगण्डकी परियोजनालाई अगाडि बढाउनका लागि ४२ अर्बभन्दा बढी मुआब्जा वितरण गरिसकेकाले आयोजना निर्माणबाट पछाडि हट्ने कुनै ठाउँ नरहेको उल्लेख गरे । बूढीगण्डकी परियोजना अगाडि बढाउन परेको समस्यालाई समाधान गर्दै अगाडि बढाउनुपर्ने उनले बताए ।

    बूढीगण्डकी परियोजनालाई अगाडि बढाउनका लागि अर्थमन्त्री, प्रधानमन्त्रीसँग छलफल गरेर अगाडि बढ्ने मन्त्री खड्काले बताए । उनले बूढीगण्डकी परियोजनाजस्तै समस्यामा रहेको पञ्चेश्वर बहुउदेश्यीय आयोजनासमेतलाई अगाडि बढाउन सरकारले पहल गर्ने बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै