images
images
  • पर्यटकबाट हुने आम्दानी बढ्यो, शिक्षाको नाममा बाहिरियो ३२ अर्ब

    काठमाडौं चालु आर्थिक वर्षको तीन महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसारसमीक्षा अवधिमा ३.५ प्रतिशतले वृद्धि भएको हो ।

    ‘सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३.५ प्रतिशतले वृद्धि भई १७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब १३ करोड रहेको थियो’, राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

    त्यस्तै, समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ७.७ प्रतिशतले वृद्धि भई ५५ अर्ब ७८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ३२ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रहेकोमा शिक्षातर्फको व्यय ३२ अर्ब ९२ करोड रहेको थियो ।

    समीक्षा अवधिमा खुद सेवा आय २३ अर्ब २९ करोडले घाटामा रहेको छ । जुन खुद सेवा आय अघिल्लो वर्षको सोही अवधिमा २९ अर्ब ३९ करोडले घाटामा रहेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै