images
images
  • जलवायु परिवर्तनको न्यूनीकरण आवश्यक : वनमन्त्री ठकुरी

    काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको जोखिम व्यवस्थापनका लागि नीति, प्राविधिक ज्ञान र कार्यान्वयनका प्रक्रियाहरूलाई एकीकृत गर्न आवश्यक रहेको बताएका छन् ।

    काठमाडौंमा विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एसिया प्रशान्त क्षेत्रीयस्तरको ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनको असरले नेपालीहरूको जीवनमा गहिरो असर पारिरहेको बताए ।

    उनले जलवायु परिवर्तनको असरले वन,पानी,जैविक विविधता र मानव सबै प्रभावित हुँदा नेपाल जस्ता हिमाली देशहरूमा विपद्को जोखिम बढेको बताए । उनले जलवायु परिवर्तन न्यूनीकरण र दिगो समाधानको लागि क्षेत्रीय सहयोगमा जोड दिन आवश्यक रहेको बताए । उनले नेपालमा जलवायु परिवर्तनका असरहरू गम्भीर रुपमा देखापरेको भन्दै हिमाली क्षेत्रमा हिम नदीहरू तीव्र गतिमा पग्लिरहेको बताए । उनले जलवायु परिवर्तनको असरले जलप्रवाहमा अस्थिरता ल्याउँदै खडेरी र बाढीको जोखिम बढाएको उल्लेख गरे ।

    उनले कृषि उत्पादनमा कमी,मौसमी परिवर्तन र तापक्रम वृद्धि गरी जनजीवनमा प्रत्यक्ष असर परिरहेको भन्दै वैविक विविधता संकटमा परेको बताए । उनले उच्च हिमाली र तराईका जनताले खाद्य सुरक्षा र पानीको अभाव लगायत विपद्को सामाना गरिरहेको उल्लेख गरे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै