काठमाडौं । सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा.सुरेश आचार्यलाई नियुक्त गरेको छ ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका आचार्यलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनीयताको सपथ खुवाउने कानुनी व्यवस्था छ ।
सूचना आयुक्तमा नियुक्त भएका विष्ट प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष हुन् भने अर्का भण्डारी यसअघि प्रेस काउन्सिल नेपालको सदस्य थिइन् ।
राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्