images
images
  • पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित

    ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा प्रेस सेन्टरका रामहरि कार्की निर्वाचित भएका छन्।

    कार्कीले २४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले मात्र ६३ मत ल्याए।

    यसपटकको निर्वाचनमा अन्य पदाधिकारीमा पनि नयाँ नेतृत्व चयन गरिएको छ। श्याम तण्डुकार उपाध्यक्ष, केशरी पुन महिला उपाध्यक्ष, दीपक अर्याल सचिव, नारायण लिङ्खा देवान सहसचिव (समावेशी) र कृष्ण पौडेल कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्।

    सदस्य पदमा निर्वाचित हुनेहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, र शिशिरकुमार लामा रहेका छन्।

    नवनिर्वाचित टोलीले ललितपुर शाखालाई थप सशक्त बनाउँदै पत्रकारिता क्षेत्रको विकास र पत्रकारहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै