images
images
  • हेलम्बु ‘ग्रेट ट्रेल’मा बौद्ध धर्मगुरुको अवलोकन

    चित्र मिजार/सिन्धुपाल्चोक, पुस ६ गते । चर्चित हेलम्बु ‘ग्रेट ट्रेल’मा बौद्ध धर्मगुरु परम पुज्य ड्रीकुङ् क्याबगोन छेचाङ कोनछोक तेन्जिन कुन्जाङ ठीन्लेले स्थलगत अवलोकन गर्नु भएको छ ।

    धर्मगुरु ड्रीकुङ् नेतृत्वको टोलीले ‘ग्रेट ट्रेल’ र भेह्युल ह्योल्मो भूमिको स्थलगत भ्रमण गरेपछि पर्यटन प्रर्वद्धनमा टेवा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभएको छ ।

    हेलम्बु गाउँपालिकाले शुक्रबार र शनिबार धर्मगुरु ड्रीकुङ्लाई भेह्युल ह्योल्मो भूमि हेलम्बुमा ल्याएर लेन्डुपाल साङपो ड्रीकुङ काग्यु रिन्छेनलिङ गुम्बाको स्थलगत अवलोकन गराउदै बुद्धको मूर्ति धर्मग्रन्थ र हेलम्बु ‘ग्रेट ट्रेल’मा षडाक्षरि धर्मचक्र पर्खाल र स्तुपको प्राण प्रतिष्ठान गर्नु भएको छ । हेलम्बु गापा–६ स्थित हेलम्बु बोधिसत्व मोडल स्कुलमा जम्मा भएको बौद्ध  धर्मालम्बीहरुलाई दुई घण्टा प्रवचन दिनु भएको थियो ।

    बौद्ध धर्म अन्र्तगत काग्यु सम्प्रदायका प्रमुख धर्मगुरु समेत रहनु भएका ड्रीकुङ्ले हेलम्बुस्थित मिलारेपा गुम्बामा माचिग डुव्ये ग्याल्मो परम्पराको दीर्घायु अभिषेक पनि प्रदान गरि बिभिन्न पबित्र धार्मिक स्थलहरुको भ्रमण पनि गर्नु भएको छ । धर्मगुरु ड्रीकुङ्ले हेलम्बु क्षेत्रको यात्रा गरेपछि बौद्ध धर्म र पर्यटकीय स्थलको थप प्रचारप्रसारमा टेवा पुगेको अध्यक्ष शेर्पाले बताउनु भएको छ ।

    हेलम्बु गाउँपालिकाको लगानीमा निर्माणधीन ‘ग्रेट ट्रेल’ सात किलोमिटर बनिसकेको छ । दुई हजार ३ सय मिटर उचाईको घोप्टेघ्याङबाट निर्माण सुरु गरिएको उक्त ‘ग्रेट ट्रेल’ ६० किलोमिटर निर्माण गर्ने लक्ष्य छ । नागिडाँडा–शेर्माथान र शेर्माथान–रेन्पोछें डाँडासम्म ‘ग्रेट ट्रेल’ निर्माण भएको छ । १५ बर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको उक्त ट्रेल सम्पन्न गर्न करिब ३ अर्ब लाग्ने अनुमान गरिएको अध्यक्ष शेर्पाले बताउनु भएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै