images
images
  • कुलमान घिसिङलाई हटाउनु हुँदैन : उर्जामन्त्री तामाङ

    काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने बताएका छन् ।

    सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले घिसिङले विद्युत् प्राधिकरण जस्तो घाटाको कम्पनीलाई नाफामा लगेको उल्लेख गर्दै हटाउन नहुने आफ्नो प्रस्ताव रहेको बताए ।

    कार्यकारी निर्देशक घिसिङ आगामी साउन २७ गते प्राधिकरणबाट बिदा हुने बताए । देशको आम्दानी बढाउने व्यक्तिलाई हटाउन नहुने उनको भनाइ छ । कर्मचारीलाई चित्त नबुझेका कुराहरूमा स्पष्टीकरण सोध्न मिल्ने बताए । उनले घिसिङ देशका लागि काम गर्ने व्यक्ति भएको भन्दै नागरिकले चाहेको खण्डमा फेरि ४ वर्ष काम गर्न दिनुपर्ने बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्