
काठमाडौं । युक्रेनले डोनेट्स्कको डोब्रोपिलियामा भएको रुसी आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ ।आक्रमणमा ३० जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।
शुक्रबार राति भएको आक्रमणमा आठवटा आवासीय भवन र एउटा प्रशासनिक भवनमा क्षति पुगेको छ । डोब्रोपिलिया रूसी कब्जामा रहेको डोनेट्स्क शहरको उत्तरपश्चिममा अवस्थित छ ।
युक्रेनले यसअघि बिहीबार राति भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु भएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्