images
images
  • पूर्वविशिष्टलाई सुविधाकाे हल्लाकाे पछि नलागाैं : उपप्रधानमन्त्री सिंह

    पाल्पा । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पू्व विशिषटलाई आजिवन सुविधा दिने भन्दै भइरहेकाे हल्लाकाे पछि नलाग्न आग्रह गर्नुभएकाे छ ।

    नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयाेजना गरेकाे कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बाेल्नुहुँदै उहाँले यस्ताे बताउनुभएको हाे । उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारकाे कुनै तयारी नभएकाे प्रष्ट पार्नुभयाे ।

    यसअघिकाे कुनै सरकारले गरेकाे कुरालाई ल्याएर अहिले हल्ला गरिएकाे उहाँकाे भनाई छ । ०६९ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वकाे सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याउनुभएकाे थियाे ।

    अहिले त्यस्तै प्रकृतिकाे कानून निर्माणका सरकार लागेकाे भन्दै केही सञ्चारमाध्यममा खबर आएपनि सरकारले त्यस्ताे तयारी नगरेकाे उपप्रधानमन्त्री सिंहले प्रष्ट पार्नुभएकाे हाे ।

    अहिले सरकारका विरूद्द विभिन्न माध्यमबाट हल्ला फैलाइकाे भन्दै यथार्थ बुझ्नुपर्नेमा जाेड दिनुभयाे । उहाँले हल्लाकाे पछि लाग्दा प्राप्त अधिकार गुम्नसक्ने अवस्था आउनसक्नेतर्फ पनि ध्यानाकर्षण गराउनुभयाे।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्