images
images
  • सेनाको वक्तव्य : संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध

    काठमाडौं नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको बताएको छ । राजावादी गतिविधि बढिरहँदा सङ्गठनलाई विवादमा तान्ने प्रयास भएपछि सेनाले यस्तो वक्तव्य जारी गरेको हो ।

    बुधबार सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध छ ।’

    आफूसँग जोडेर विभिन्न भ्रम फैलाइएको भन्दै सेनाले त्यसमा सत्यता नभएको बताएको छ । राजावादीहरूले राजसंस्था जोगाउन सेना चुकेको बताइरहेका छन् भने कतिपयले राजसंस्था फिर्ता गराउन सेनाले समेत साथ दिने अभिव्यक्ति दिइरहेका छन् । यस्तो अवस्थामा सेनाले संविधानप्रति कटिबद्ध रहेको बताएको हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्