images
images
  • गणतन्त्रको पक्षमा देशव्यापी जनप्रदर्शन गर्ने एमालेको घोषणा

    काठमाडौं । नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत बढाउन देशव्यापी जनप्रदर्शन गर्ने भएको छ । एमालेले सचेतना अभियान नाम दिँदै जनप्रदर्शन घोषणा गरेको हो ।

    यस कार्यक्रम चैत ११ गतेदेखि देशैभर सुरू हुनेछ । अभियान चैत ३० सम्म चल्ने एमालेले जनाएको छ । अभियानलाई प्रभावकारी बनाउन महासचिव शंकर पोखरेलले निर्देशन दिएका छन् ।

    अभियान अन्तर्गत एमालेले चैत १८ मा धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्‍याली आयोजना गर्नेछ । जिल्लामा जिल्लामा जागरण सभा पनि हुने एमालेले जनाएको छ ।

    यस्तै, चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने छ । प्रदर्शनका साथै एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग अन्तरसम्वाद गर्नेछ । सबैतिर अभियान सकेर राजधानीमा विशेष सभा आयोजना गर्ने एमालेको तयारी छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्