images
images
  • सरकारलाई बालेनको चेतावनी : कर्मचारीले तलब नपाए टुकुचामा गाडिदिन्छु

    काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सरकारको दम्भका कारणले महानगरका कर्मचारीले तीन महिना देखि तलब नपाएको बताएका छन् ।

    सोमबार साँझ सामाजिक सञ्जालमार्फत बालेनले अबको एक हप्ता भित्र कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाड्ने चेतावनी समेत दिएका छन् ।

    उनले भने, ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो !!’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्