
काठमाडौं । प्रतिनिसभाको बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङ्लाई बर्खास्त गर्ने सरकारको कदमको विरोध भएको छ । प्रतिपक्षी दलहरूले बैठकको सुरूमै उठेर विरोध जनाएका छन् । त्यसपछि सभामुख देवराज घिमिरेले विषय प्रस्ट पार्न समय दिएका थिए ।
संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सांसद शक्ति बस्नेतले सरकार विचौलियाको हित रक्षाको निम्ति समर्पित हुँदा कुशल राष्ट्रसेवकलाई बर्खास्त गरिएको बताए । सरकार सर्वसत्तावादमा उद्दत रहेको भन्दै उनले भने,’ सरकारले दुई तिहाईको समार्थ्य राष्ट्रसेवकको मानमर्दन गर्न सामर्थ्य प्रदर्शन गरेको छ,’ उनले भने ।
कुलमान घिसिङ्माथि स्पस्टिकरणको नौटंकी रचेर आफ्नो गलत कर्तुतलाई छोप्ने दुष्प्रयास गरेको उनले बताए । ‘सरकारले आत्मविश्वा गुमाएको कारणले सरकार कुलमान बर्खास्तको निर्णयमा पुगेको छ । चार महिना पनि टिक्न सकिँदैन भन्ने लागेर होला,’ उनले भने ।
सरकार उल्टोबाटोमा हिँडेको उनले बताए । सांसद बस्नेतले प्रधानमन्त्रीले जवाफ नदिँदासम्म संसद चल्न नदिने उल्लेख गरे । ‘यो प्रकरणमा भएको के हो प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ । प्रधानमन्त्रीले जवाफ नदिँदासम्म बैठक सञ्चालन गर्न प्रतिपक्षीले नदिने जानकारी गराउँदछु,’ उनले भने ।
प्रतिपक्षीले बेन्चले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले आशन ग्रहण गरेर बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्