images
images
  • गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र हैन : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र नभएको बताएका छन् ।

    सोमबार बसेको केन्द्रिय समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले गणतन्त्र भनेको जनताको तन्त्र भएको र त्यो झन्डा आफुहरुले बोक्ने बताए । उनले सबै व्यवस्थाको उत्कृष्टताको परीक्षा दिनुपर्ने बताउँदै त्यसमा केही पास भएको रकेही फेल भएको बताए ।

    हालको संविधान र व्यवस्था अन्तर्गत सुधारिएको अभ्यास र आवश्यक परिणामको लागि र यसलाई पास गराउन अब आफुहरुले नेतृत्व लिने उनले बताए ।

    उनले यो सबैको लागि आफु सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान चाहेको बताउँदै सबैलाई तयार रहन आग्रह गरे ।

    उनले नख्खुमा बाढी पहिरोको चपेटामा परेका ४ नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालय र गत शुक्रबार तीनकुनेमा ४ हजारलाई सम्हाल्न नसकेको सरकारले सबै शक्ति केवल रास्वपामा प्रयोग गरिरहेको समेत उनले बताए ।

    ओली नेतृत्वको गठबन्धनले अर्को प्रहार गर्न सक्ने भन्दै अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक रहेको बताए ।

    उनले अरू दलमा अवसर नपाएर मात्रै आउने ठाउँ राष्ट्रिय स्वतन्त्र पार्टी नभएको उल्लेख गर्दै देश बनाउनको लागि एक ठाउँमा आएर अभियानमा लाग्ने पार्टी भएको बताए ।

    उनले आफु पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार रहेको समेत बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्