
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक प्रवक्ता मनीष झाले तीनकुने घटनामा सरकार र आन्दोलनकारी दुवै उत्तिकै जिम्मेवार रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकलाई आज (सोमबार)काे सम्बाेधन गर्दै उनले सरकारले भीड नियन्त्रण गर्न पर्याप्त तयारी नगरेका कारण दुर्घटना हुन गएको बताए ।
आन्दोलनमा सहभागी नभइ सडकमा हिँडिरहेका सविन महर्जनलाई प्रहरीले गाली हानेको भिडिओ फुटेजमा देखिएको उनले बताए ।
आफ्नो पार्टीका प्रमुख सचेतक सन्तोष परियारको गाडीमा आगजनी गरिएको घटना पनि शङ्कास्पद रहेको उनले बताए । शुक्रबारको हिङ्सा आफ्नो दलप्रति लक्षित भएको पाएको उनको भनाइ थियो ।
प्रवक्ता झाले तीनकुने घटना छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्