
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र(बालेन) शाहले कार्यक्रम स्थल सरसफाइ गरेको भन्दै राप्रपालाई धन्यवाद दिएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मेयर साहले राप्रपालाई धन्यवाद दिएका हुन् ।
उनले लेखेका छन् ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।’
उनले कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर नबसेको बताएका छन् । साथै सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहने उल्लेख गरेका छन् ।
आज राप्रपाले बल्खुमा आयोजना गरेको सभापछि नेता कार्यकर्ता र स्वयमसेवकहरुले कार्यक्रम सकिएपछि सडक सफा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्