images
images
  • पूर्वराजा ज्ञानेन्द्रले नयाँ वर्षको शुभकामना दिँदा सम्झिए तीनकुने घटना

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यही चैत १५ गते तीनकुनेमा घटेको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आइतबार भिडिओ सन्देश जारी गर्दै उनले घटना सुन्दा आफूलाई दुःख लागेको बताएका हुन् ।

    ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिङ्सा, आगजनी तोडफोड भयो । त्यसबाट जस प्रकारको मानवीय र भौतिक क्षति भयो । त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो,’ सन्देशमा उनले भनेका छन् ।

    नयाँ वर्षको अघिल्लो दिन दिएकाे सन्देशमा पूर्वराजा शाहले नागरिक स्वतन्त्रताभन्दा ठूलो कुनै वाद नहुने बताउँदै पृथ्वीनारायण पथमा उभिन दलहरूलाई आह्वान गरेका छन् ।

    उनले विश्वकै उत्कृष्ट यो भूमिमा बाँच्नै गाह्रो भइसक्यो भन्दै सुनासोसमेत गरेका छन् ।

    चैत १५ गते भएको राजावादी आन्दोलनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो । गणतन्त्रवादी दलहरूले यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्ने बताइरहेका छन् । यस विषयमा पूर्वराजा शाहले ढिलोगरी मौनता तोडेका हुन् ।

    आन्दोलनका संयोजक नवराज सुवेदीलाई नजरबन्दमा राखिएको छ भने कमान्डर दुर्गा प्रसाईंलगायत पक्राउ परेका छन् ।

    पूर्वराजा शाहले यसअघि प्रजातन्त्र दिवसको अवसरमा पनि देशवासीका नाममा भिडिओ सन्देश जारी गर्दै देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए । त्यसपछि राजावादी आन्दोलन चर्किएको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्