images
images
  • एमालेले लालबहादुर विश्वकर्मासहित ७ जनालाई ‘कम्युनिस्ट योद्धा’का रूपमा सम्मान गर्ने

    काठमाडौँ । नेकपा (एमाले) ले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ ।

    सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव ज्ञवालीले बताए ।

    उनकाअनुसार वैशाख ९ गते पार्टी स्थापना दिवसमा सम्मानित हुनेहरूमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) रहेका छन् ।

    त्यस्तै पार्टीले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवको रुपमा मनाउने गर्ने निर्णय गरेको छ । उनले निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक बीजारोपण गरिएको दिन भएकोले त्यो दिनलाई सेलिब्रेसनका रुपमा भव्य कार्यक्रम आयोजना गर्ने ज्ञवालीले जानकारी दिए ।

    उनले भने ‘अगामी वैशाख ११ गते जनताले जितेको दिन निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक बीजारोपण गरिएको दिन हो । त्यो दिनलाई हामी उत्सवको रुपमा मनाउने र आजको पुस्तालाई लोकतन्त्र र स्वतन्त्रताको महत्त्व बताउन, गणतन्त्रको महत्त्व बताउन सेलिबे्रसनको रुपमा काठमाडौंमा एउटा भव्य कार्यक्रम आयोजना गर्दैछौं । त्यसको बारेमा पनि हामीले सल्लाहहरू गरेका छौं ।’

    उनले बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिहरूबारे समेत समीक्षा भएको बताए । शाहद्वारा आइतबार सार्वजनिक भिडियो सन्देशप्रति आपत्ति जनाउँदै उनले शाहमा अझै पनि प्राप्त उपलब्धि उल्ट्याउन सकिन्छ कि भन्ने सोच जीवितै रहेको निष्कर्ष निकालेको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्