images
images
  • भ्रामक सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न चेतावनी

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले भ्रामक सामग्री सामाजिक सञ्जालमार्फत पोस्ट, सेयर र लाइक नगर्न अनुरोध गरेको छ ।

    पर्साका प्रजिअ गणेश अर्यालले मंगलबार एक सूचना जारी गर्दै समाजमा द्वेष एवं उत्तेजना सिर्जना गर्ने खालका सामग्री पोस्ट नगर्न अनुरोध गरेका हुन् ।

    प्रशासनले सूचनामा पुराना घटनाहरूसँग सम्बन्धित र पछिल्लो समयमा वीरगञ्जको परिवेशलाई प्रतिकूल असर गर्ने तथा वीरगञ्जसँग नितान्त असम्बन्धित सामग्रीहरू सार्वजनिक भएको पाइएको जनाएको छ ।

    ‘यस्तो कार्य प्रचलित कानुन बमोजिम दण्डनीय हुने भन्दै त्यस्ता सामग्री पोस्ट गर्ने, सेयर गर्ने, लाइक गर्ने र सामाजिक सद्भाव बिथोलिने गरी कमेन्ट गर्ने/गराउनेमाथि कानुन बमोजिम कारबाही गर्ने’ चेतावनी प्रशासनको छ । साथै, सामाजिक सद्भाव बिथोलिने सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट भइसकेको भए त्यस्ता सामग्रीलाई पनि यथाशीघ्र हटाउन समेत भनेको छ ।

    शनिबार हनुमान यात्राको क्रममा दुई समूहबीच झडप हुँदा वीरगञ्जमा तनावपूर्ण अवस्था सिर्जना भएपछि स्थानीय प्रशासनले कर्फ्यू समेत जारी गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्