
कोहलपुर । बाँकेको कोहलपुरस्थित कृषि चोकमा नयाँ वर्षको राति १ः३० बजे मोटरसाइकल दुर्घटना परेको छ ।
पश्चिम् तिरबाट आउदै गरेको रा ४ प ३९३० नम्बरको मोटरसाइकलले घर तर्फ फर्किदै गरेको भे ५ प ३६४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी चप्पलगौरीबाट आउदै गरेको बाईकमा सवार भानु कडेल र पश्चिमबाट आउदै गरेको बाईकमा सवार २ जना घाइते भएका थिए । घाईतेलाई नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लगिएको इलाका प्रहरी कार्यालय कोहलपुरले बताएको हो । पछि घाइते भानु कडेललाई गम्भीर देखिएकोले नेपालगन्जको सन्जिविनी मेडिकल कलेजमा रिफर गरिएको थियो । उपचारकै क्रममा घाइते भएका कडेल बैशाख ६ गते बिहान १ः३० बजेको समयमा उनको निधन भएको अस्पतालले जनाएको छ ।
घटना घटेको ६ दिन पुगिसक्दा पनि प्रहरीले कुनै पनि किसिमको प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रतिक्रिया दिएको छैन । घटना घटेको सुन्ने बितिक्कै हामी आफ्नो छोरालाई उपचार गराउन व्यस्त थियौ कसरी दुर्घटना घटेको हामिलाई केही थाहा थिएन मृतकका बुवा गाढी कडेलले बताउछन् ।
मृतकका परिवार लगाएत आफन्तले ईलाका प्रहरी कार्यालय कोहलपुरमा शुक्रबार जाहेरी लिएर गए पनि प्रहरीले जाहेरी दर्ता नगरेको मृतकका आफन्तले गुनासो व्यक्त गरेका छन ।
शुक्रबार आफ्नो छोराको मृत्युको खबर सुन्ने बितिक्कै पुनः फेरि शनिबार पनि हामी मुद्दा दर्ताको लागी ईप्रका कोहलपुर पुगे पनि प्रहरीले आज शनिबार भनेर दर्ता गर्न अस्विकार गरेको मृतकका आफन्तले बताए ।
घटना घटेको ६ दिन पुगिसक्दा पनि प्रहरी प्रशासन मौन हुनु, पीडितका आफन्तलाई कुनै जानकारी नदिनु, अनुसन्धान नगरिनु र घटनाको विवरण नदिनु कतै घटनालाई लुकाउन खोजिएको हुनसक्ने पीडित पक्ष बताए ।
घटना घटेको लगत्तै प्रहरी घटनास्थलमा पुगेर मुचुल्का बनाउदा समेत घटनालाई छानबिन नगरी वेवास्ता गर्नु, कानुनी प्रक्रिया अगाडि नबढाई मृतकको शव माथी खेलवाड गरिएको पीडित पक्षले गम्भीर आलोचना गरेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्