images
images
  • प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले सांसदहरूका जिज्ञासाको जवाफ दिने कार्यसूची

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने भएका छन् ।

    प्रतिनिधिसभाको बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुनेछ । संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार, संसदमा गत वैशाख ३० गतेदेखि जारी छलफल आज टुंगिनेछ ।

    विधेयकमाथिको छलफलका क्रममा विभिन्न दलका सांसदहरूले अर्थमन्त्रीसँग बजेटको नीति, योजना तथा खर्चको प्राथमिकता सम्बन्धी विषयमा प्रश्न उठाउँदै सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । आजको बैठकपछि ती जिज्ञासाहरूको जवाफ अर्थमन्त्री पौडेलले दिने कार्यसूची तय गरिएको छ ।

    सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार, दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूलाई धारणा राख्न तोकिएको समय सीमा अनुसार आजको बैठकमा छलफल सम्पन्न हुने भएको हो ।

    अर्थ मन्त्रालय स्रोतका अनुसार, बजेटको रणनीतिक पक्ष, सामाजिक सुरक्षामा केन्द्रित कार्यक्रम, उत्पादनमुखी योजना र राजस्व नीति लगायत विषयमा सरकारको पक्ष प्रष्ट पारिनेछ । आगामी जेठ १५ गते सरकार आर्थिक वर्ष २०८२/८३ को पूर्ण बजेट प्रस्तुत गर्ने तयारीमा जुटिरहेको सन्दर्भमा आजको छलफल र जवाफ निर्णायक मानिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्