images
images
  • अबको कार्यभार समाजवादी क्रान्ति नै हो: सम्मानित नेता खनाल

    काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)  का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी राष्ट्रिय महाधिवेशनले पार्टीलाई सही बाटोमा ल्याउनुपर्ने बताउनु भएको छ। साथै उहाँले अबको यात्रा समाजवाद भएको भन्दै त्यसतर्फ संक्रमण हुन सबैलाई अनुरोध गर्नु भएको छ।

    समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीबाट श्रमजीवी वर्गबाट टाढा पुर्‍याउने काम विद्यमान मोर्चावन्दीले गरिरहेकाले त्यसलाई सच्याउने कुरालाई ध्यानमा राखेर पार्टीले आगामी महाधिवेशनको तयारी गर्नुपर्ने बताउनु भयो।

    सम्मानित नेता खनालले वर्ग समन्वयको बाटोबाट मुलुकमा श्रमजीवी वर्गको हित हुनै नसक्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘प्रधान प्रतिद्वन्दीसँग कुनै मोर्चा बन्दैन । यदि बनाइयो भने त्यो गलत हुन्छ । त्यो वर्ग समन्वय हुन्छ । त्यसले वर्ग संघर्ष गर्ने होइन, वर्ग समन्वय गराउँछ त्यसले । वर्ग आत्मसमर्पणवाद गराउँछ त्यसले । र, वर्ग संघर्ष होइन, त्यसबाट पार्टीलाई विमुख बनाउँदै लैजान्छ । अहिले हामी हाम्रो श्रमजीवी वर्गबाट जसरी टाढिएका छौँ नि । परिणाम त्यही हो । हो, यही कुरालाई सच्याउन हामीले राष्ट्रिय महाधिवेशनमा सच्याउन सक्नुपर्छ । राष्ट्रिय महाधिवेशनका सामु धेरै गम्भीर महत्वका कार्यभारहरु छन् । ती कुरालाई ध्यान राखेर हामीले अगाडि बढ्नुपर्छ।’

    सम्मानित नेता खनालले नेपालमा हाल तत्काल वामपन्थीहरुबिच एकता सम्भव नभएपनि कार्यगत एकता हुनसक्ने बताउनु भयो।

    samajbad-center-1-1708097783.jpeg

    samajbad-center-3-1708097783.jpeg

    samajbad-adhyan-center-2-1708097781.jpeg

    jn-khanal-1708097775.jpeg

    samajbad-adhyan-center-1708097781.jpeg

    ashesh-ghimire-2-1708097773.jpeg

    rajendra-pande-1-1708097778.jpeg

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै