images
images
  • आफू जन्मेको माटो लिएर आउन मन थियो

    निरोज तोलाङे— भुटानको सिमाना गलेफुमा अलिपरबाट आफनो जन्मघरलाई नियालिरहेका थिए ।
    अमेरिकाको स्प्रिंगफील्ड, म्यासाचुसेट्समा बस्दै आएका राजु रामदान आफनो इष्टमित्र, साथीभाई र छिमेकीलाई भेटने उदेश्यले आफनो जन्मथलो भुटानको सिमाना गलेफुमा आइपुगेका थिए । ‘आफनो जन्मभूमि नटेको पनि १५ वर्ष भइसकेछ, आफू जन्मेको ठाउँको माटो लिएर आउन मन छ तर सक्दिन के गर्नु विवश छु’ उनले भावुक हुँदै भने । यो त उनको केवल बहाना थियो सत्य यहि होकी उनले आफनो जन्मभूमि टेक्न नपाएपनि, हेरेर भनेपनि चित्त बुझाउन चाहन्थे । उनको आँखामा पीडा झल्किरहेको थियो ।

    सन् १९८६ मा जिग्मे सिंघे भुटानमा राजा भएपछि नेपालीभाषी ल्होत्साम्पाको दुर्दिन शुरु भयो । उनले नेपालीभाषीलाई आफ्नो नागरिक ठानेनन् । दक्षिण भुटानमा बसोबास गरिरहेका ल्होत्साम्पामाथि राज्यले दमन ग-यो । त्यही समय राजु रामदामको परिवार गलेफुबाट लखेटिन बाध्य भए  । त्यसपछि घरबार छाडेर भाग्ने क्रम रोकिएन । रातारात नेपालीभाषी खेदिने क्रम बढ्न थाल्यो ।

    ‘१९९२ जुलाई २२ को रात झमझम पानी परिरहेको थियो । मेरो परिवारमा दूई दाजुभाइ, दुई दिदीबहिनी, आमा र बुबा गरी छ जना थिए । लगातार तीन दिन जंगलै जंगल हिँडेर भारतको सीमा आइपुगे । सीमाबाट ट्रकको पछाडि बसे । त्यही ट्रकले उनीहरूलाई झापाको गोलधापमा छाडिदियो । हाम्रो परिवार झमझम झरीमा भिजेर लामो ट्रली ट्रकमा झुण्डिएर नेपालको कठिन यात्रा ग-यौ । बाल मष्तिष्कमा त्यति खेर मलाई केही थाहा थिएन बुबाआमाको पछि लागेर जानुबाहेक मेरोकुनै विकल्प थिएन वश थोरबहुत थाहा थियो की हामी हाम्रो देश छोड्दैछौँ ।’ उनले गम्भीर हुँदै सुनाए । ८ वर्षे बालक नेपालको पूर्वी शहर झापा दमक । त्यही शहरसँग जोडिएर आउने अर्को नाम हो, बेलडाँगी शरणार्थी शिविर । बाँसको टाटी, खरको झुपडी र प्लास्टिक ओढेर २० वर्षे शरणार्थी जीवन बिताए ।

    शरणार्थी जीवन विताएका पल उनले सम्झिए । ’शरणार्थी जीवन निकै कठिन थिए । शरणार्थी भन्ने वित्तिकै व्यक्तिका हेर्ने दृष्टिकोण नै फरक नी झापाको गोलधाप क्याम्पमा झाँडी फाडेर बस्दा त्यति बेलाको नौलो, समाज नौलो घुलमिल हुन निकै गाहे यहाँसम्मकी छरछिमेकी सँग सापट माग्दा समेत त्यसको बदलामा केही दिनुपथ्र्यौ । हामीहरूका लागि त्यहाँ बस्ने ठाउँ थिएन । जाने कुनै गन्तव्य थिएन । उनले भने, ’त्यतिबेला मैले आफनो जम्भूमिलाई निकै सम्झिए । मागेर खाने पनि छैन, गरेर खाने पनि छैन, भुटानमै भएको भए त तरकारी रोपौंला, केही गरौंला भन्ने त हुन्थ्यो।’ यती भन्दै गर्दा उनका गला अवरुद्ध भए ।
    उनले भने, ‘म आफनो देश सपनामै खोज्छु, सपनामै देख्छु र पुग्छु पनि र झन्डा फहराएर राष्ट्रिय गान पनि गाउँछु । देश नभएकाहरूका लागि सपना नै प्यारो भइदिन्छ कहिलेकाहीँ । झल्यास्स बिउँझिँदा आफनो जन्मभूमिलाई सम्झन्छु । बेस्सरी चिथोर्छ, अनागरिक हुनुको पीडाले ।’

    झापास्थित भुटानी शरणार्थी शिविर ।
    एकछिन महोल शान्त भयो, उनले भने, भुटानमा म २ कक्षा जति पढै होला यता नेपालको क्यापमा आएपछि मैलै ३ कक्षाबाट पढन् सुरु गरेको हो । नेपालमा शरणार्थी भई आउँदाको जीवन नै दुखदायी जीवन थियो । हामीलाई त्यहाँ अरु संघसंस्थालाई हेर्दथ्यो आफूलाई मन लागेको ठाउँमा जानका लागि छुट थिएन । नेपालमा नै मेरो जवानवस्था र युवावस्था वित्यो । हामीलाई शरणार्थीको ठ्याग लगाइएको थियो । त्यति बेला हामीहरूलाई अरू कसैले खाना दिनुपथ्र्याे । नपाउँदा भोकै सुत्नुपर्थ्यो । शिविरका शरणार्थीलाई नेपाल सरकारले दिएको चामल पकाएर पानीसँग खाएको उनलाई अझै याद छ । पानी पर्दा र हावाहुरी चल्दा शिविर नै उडाउँथ्यो । शरणार्थी भई दर्दनाक जिन्दगी झेलिरहेका आफन्तहरूको विजोग नजिकबाट देखे । भोक र रोगले थलिएका आफन्तहरूको पीडा देखे । आफू पनि त्यही पीडामा एकाकार भएर बसे । नेपालको शरणार्थी शिविरमा झन्डै २० वर्ष बिताउँदा भोगेका पीडा सम्झेर अहिले पनि उनी भक्कानिन्छन् ।

    ‘आफनो देश भुटानको गलेफूमा आउँदा पनि डराएर आउनुपर्यो बाल्यकालमा त्यही खेलेको, साइकल कुदाएका घरआँगन विरानो भयो ।’ लामोसमय पश्चात घर आएका उनले मन खिन्न पार्दै भने । तर, म जन्मेको मेरो सालनाल गाडीएको ठाउँ हो । त्यो ठाउँमा म जन्मेको कारण मेरो मनको कुनामा त्यो जहिल्यै पनि रहन्छ म अहिले आफू जन्मेको ठाउँको माटो छोएर आउन मन थियो । तर भाग्यवश त्यहँँ पुगेर आँखाले देखेर माटो छुन नपाउँदा भने मन दुःखदो रहेछ ।

    भुटानदेखि नेपाल हुँदै अमेरिका यात्रा

    भुटानी शरणार्थीलाई नेपालबाट तेस्रो देशमा पुनर्वास गर्ने योजना सरकारले सुनायो । अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा लगायत युरोेपेली देशहरूमा शरणार्थी जान पाउने भए । राजु रामदामको परिवार सन् २०१३ जुलाई ७ मा अमेरिका गए । झन्डै पचास हजार शरणार्थी त्यति बेला अमेरिका पुगेका थिए ।

    नेपालमा शरणार्थी भई २० वर्ष जीवन विताएका हामीहरुले अमेरिकाको लागि कहिल्यै पनि इश्र्वरसँग प्रार्थना गरेनौँ । भुटान देशको लागि, त्यहाँको सरकारको लागि हामी जहिल्यै पनि इश्र्वरसँग प्रार्थना गरेका छौँ । त्यसबेला देशको परिस्थिति ठिक थिएन् हामी लखेटियौँ । तर अहिलको दृष्टिकोण फरक छ तर देश र्फनु भन्दा पनि देशको परिवर्तन र रुपान्तरण चाहिँ ठूलो कुरो हो । किनभने हामी जस्तो पीडितहरु भुटानमा धेरै छन् । उनले भुटान सरकारलाई अपील गरे, हामी अहिले अमेरिकाको नागरिक हौँ तर हाम्रो ओरिजिन भुटान नै हो । हामी देश बाहिर भएपनि हाम्रो मातृभूमिलाई सेवा गर्न चाहान्छौँ सेवा गर्ने मौका दिनुस्, उनले भने, भुटानसँग हामी सिमानाले पो छुट्यौँ तर मनले छुटेका छैनौ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै