images
images
  • भारतको लोकसभामा हिन्दुत्वको पुन: विजय

    भारतको १८औं आम लोकसभा निर्वाचन भर्खरै सातौँ चरणमा सम्पन्न भइसकेको छ र सरकार पनि गठन भइसकेको छ ।

    भारतको लोकसभामा ५४३ सिटमध्ये भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडिए) ले २९३ सिट जितेको छ । त्यस्तै कांग्रेस आईले नेतृत्व गरेको प्रतिपक्षी इन्डिया गठबन्धनले २३४ सिट जितेको छ भने अन्यले १६ सिट जितेका छन् ।

    प्रष्ट हिन्दु विचार बोक्ने भारतीय जनता पार्टीको नेतृत्वले गरेको गठबन्धनले यसरी स्पष्ट बहुमत प्राप्त गर्नु भनेको हिन्दुत्वको विजय हो ।  विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा लगातार राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले तेस्रोपटक विजयी भएर एकै व्यक्ति श्री नरेन्द्र मोदीलाई लगातार तीन कार्यकालका लागि प्रधानमन्त्री बनाउनु विश्वकै अनुपम लोकतान्त्रिक उदाहरण हो । यस्तो अनुपम लोकतन्त्रको उदाहरण दुनियाँमा कहीँ कतै पनि देख्न पाइँदैन ।

    विपक्षी दलको इन्डिया गठबन्धनले ४० दल मिलेर पनि राष्ट्रिय लोकतान्त्रिक गठबन्धन पार्टीको भन्दा कम सिट ल्याउनुले भारतमा सेक्युलरवादीहरू कमजोर हुँदै गएको स्पष्ट संकेत गर्दछ ।

    विश्वकै सबैभन्दा बढि जनसंख्या भएको देशमा १८औं लोकसभाको निर्वाचन सात चरणमा सम्पन्न गर्नु भनेको सामान्य कुरा होईन । विश्वकै ठूलो लोकतान्त्रिक देश भएको तथ्यलाई भर्खरै सम्पन्न भएको भारतको आम लोकसभाको निर्वाचनले पुष्टि गरेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै