काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बराबरको बजेट अनुमान प्रस्तुत गरेको छ ।
प्रदेश सभा बैठकमा आज (शनिबार) आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको आयव्यय अनुमान पेश गरेका हुन् ।
प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि भने बजेट आकार १ अर्ब ५० करोड ९७ लाख रुपैयाँले घटाइएको छ ।
आगामी बजेटमा योजनामन्त्री आचार्यले चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार र पूँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख रुपैयाँ विनियोजन गरेका छन् ।
प्रदेश सञ्चित कोषबाट विनियोजन हुनेगरी ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार र प्रदेश सञ्चित कोषतर्फ व्ययभार हुनेगरी १ करोड ४ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको उनले जानकारी दिएका छन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षभित्र प्रदेशका सबै घरमा खानेपानीका धारा पुर्याउने, कृषि, सिँचाइ, पर्यटन, खानेपानी, शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता दिइने र सिँचाइ तथा विद्युतीकरणमा जोड दिने जनाएको छ ।
बजेटको पूर्णपाठः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्