images
images
  • फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार्छौं : रोहित पौडेल

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्टइण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन् ।

    बिहीबार टि २० विश्वकपमा सहभागी भई स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन ।

    टिममा आत्मविश्वास भएपनि मैदानको स्थितिले जित हात पार्न नसकिएको बताए । उनले अमेरिका र वेस्टइण्डिजको पिचमा कुनैपनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताए ।

    उनले राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैँ खुला रहेको बताए । उनले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए ।

    उनले भने ‘पहिलो गेममा पनि आत्मविश्वास थियो पूरै टिममा । तर मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन । अमेरिकाको पिच तपाईँले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन । सम्पूर्ण खेलको कुरा गर्दा बलरले राम्रो गर्नुभयो । सबैको लागि ठाउँ खालि छ, राम्रो खेल्नेले अवसर पाउनुहुन्छ । हामीले बेस्ट १५ खेलाडी लिएर गएका थियौँ । ब्याट्सम्यानलाई च्यालेन्ज थियो । ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन । बलरलाई राम्रो ठाउँ थियो, त्यही अनुसारको नतिजा पनि यो विश्वकपमा आइरहेको छ । फिल्डिङ पनि केही कमजोरी थियो, त्यसमा हामी सुधार गरेर जानेछौँ । ब्याटिङमा पनि सुधार गर्न जरुरी छ ।’

    उनले नेपालले उत्कृष्ट १५ खेलाडी लिएर विश्वकपमा गएको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै