images
images
  • एसईईको नतिजामा सांसदहरु असन्तुष्ट, लगाए सरकारलाई दोष

    काठमाडौं । सांसदहरुले एसईई परीक्षामा ५२ प्रतिशत भन्दा बढी अनुत्तिर्ण भएका भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन् ।

    शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले एसईई परीक्षाको परिणामप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

    उनीहरुले ५२ प्रतिशतभन्दा बढी विद्यार्थीहरु अनुत्तिर्ण हुनुको कारण खोजबिन गर्नुपर्ने बताएका छन् ।

    सांसदहरुले धेरै विद्यार्थीहरु अनुत्तिर्ण हुनेको दोष सरकारकै रहेको बताएका छन् । बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको राष्ट्र नै असफल हुनु भएको टिप्पणी गरिन् ।

    उनले नेपालको शिक्षा प्रणाली र सरकार नै असफल भएको बताए । उनले यसप्रति शिक्षा मन्त्रालयलाई गम्भीर हुन आग्रह गरिन् । त्यस्तै नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले विद्यार्थी अनुर्तिण भएका हुन् कि सरकार अनुत्तिर्ण भएको हो भनि प्रश्न गरे । उनले शिक्षामा गुणस्तरियता नभएका कारण यस प्रकारको परिणाम आएको बताए ।

    उनले २ लाख ४२ हजारभन्दा बढी विद्यार्थीहरुलाई उच्च शिक्षा पढ्ने हैसियत छैन भनेर सरकारले भन्न नमिल्ने बताए ।

    बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले विद्यार्थीहरु अनुत्तिर्ण हुनुको कारणको अध्ययन गर्नुपर्ने धारणा राखिन् ।

    उनले ५० वर्षे पुरानो शिक्षा नीतिको ढर्रा कहिले तोड्ने ? भनि प्रश्न समेत गरिन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै