images
images
  • माओवादी र एकीकृत समाजवादी मधेस सरकारबाट बाहिरिँदै

    जनकपुरधाम– मधेस सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बाहिरिने भएका छन् । दुबै पार्टीका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन् ।

    मधेस सरकारमा माओवादी केन्द्रका संसदीय दलका नेता एवं अर्थमन्त्री भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीका संसदीय दलका नेता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायातमन्त्री बेची लुङेलीले राजीनामा दिने तयारी गरेका हुन् ।

    मुख्यमन्त्री सतिस सिंहले आजै विश्वासको मत लिने प्रयोजनका लागि मधेश प्रदेशसभाको बैठक बस्दैछ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै