images
images
  • भोलिका लागि तय भएको त्रिभुवन विश्वविद्यालयको सभा स्थगित

    काठमाडौं– सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा स्थगित भएको छ ।

    त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको जानकारी दिए ।

    यही असार ३१ गते सोमबार त्रिवि सभाको बैठक डाकिएको थियो । उक्त सभाका लागि प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत नपाइसकेको अवस्थामा स्वतः पदमुक्त भएपछि र नयाँ प्रधानमन्त्री नियुक्त भई नसकेको अवस्थामा सभा गर्न समस्या भएको हो ।

    यसअघि त्रिविका कुलपति एवम् प्रधानमन्त्रीले त्रिवि सभा असार ३१ गते गर्ने निर्णय गरेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै