images
images
  • नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
    राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई शपथ खुवाएका हुन् ।
    ओलीले देश र जनताको नाममा शपथ ग्रहण गरे । सपथ ग्रहण कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, निवर्तमान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत पुर्वप्रधानमन्त्रीहरु सहभागी थिए ।
    शपथसँगै प्रधानमन्त्री ओलीले आजै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । सरकारमा सहभागी हुने मन्त्रीको टुंगो दुवै लगाइसकेका छन् ।
    संसद्का दुई ठुला दल नेपाली कांग्रेस र एमालेको समर्थनमा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै