images
images
  • सरकारले विपद्का घटनामा बेपत्ता भएकाको परिवारलाई पनि मृतकसरह नै राहत उपलब्ध गराउने

    काठमाडौं गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपत्तिमा परेर बेपत्ता भएकाहरूको अवस्था पत्ता नलागे परिवारलाई सरकारले मृतकसरह नै राहत उपलब्ध गराउने निर्णय गरेको बताएका छन् । 

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले गत जेठ २८ देखि विभिन्न विपद्का घटनामा परी बेपत्ता भएकाहरूको अवस्था पत्ता नलागे परिवारलाई मृतकसरह नै राहत उपलब्ध गराउने निर्णय गरेको बताएका हुन् ।  

    गृहमन्त्री लेखकले गत जेठ २८ देखि हालसम्म १ हजार ५९२ विपद्का घटनाहरू भएका र त्यसक्रममा १३० जनाको मृत्यु तथा १४४ जना घाइते भएका बताए । उनकाअनुसार ती विपद्का घटनाहरूमा त्यस्तै ४८ जना बेपत्ता भएका पनि संसदलाई जानकारी गराए । 

    यस वर्षको बाढी–पहिरोबाट देशभर २३१ घर र ८४ गोठमा क्षति पुगेको, ४३ वटा पुल र २ वटा सरकारी भवन भत्किएको पनि गृहमन्त्री लेखकले संसदलाई जानकारी दिए । ४ हजार ४ परिवार विस्थापित हुने अवस्था आएको र जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित स्थानमा सारिएको पनि उनले बताए ।

    प्राकृतिक विपद्बाट देशका ७७ वटै जिल्ला प्रभावित भएका र  विपद्पछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ र सशस्त्र प्रहरीका ३ हजार ९५६ जना खटिएको लेखकको भनाइ छ ।

    विपद्का घटनामा मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा रहेको गृहमन्त्री लेखकले जानकारी दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै