images
images
  • सेयरबजार अर्थतन्त्रको ऐना हो, लगानी गर्नु पूर्व सम्बन्धित कम्पनीको बारेमा बुझेर मात्र गर्नू : अर्थमन्त्री पौडेल

    काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वायन गर्ने सन्दर्भमा बीभमा छाडिएका आयोजनाहरुलाई प्राथमिकता दिइने बताए।

    उनले शुक्रबार अर्थसमितिको बैठकमा बोल्दै अनगिन्ति आयोजनाहरु सरु गरेर छाडिएका र ती आयोजनालाई प्राथमिकतामा राखेर बजेट कार्यान्वायन गर्ने प्रतिबद्धता जनाए।

    मन्त्री पौडेलले भने, ‘बजेट कार्यान्वयनको सन्दर्भमा चालू परियोजना तोकिएकै समयमा सम्पन्न गर्ने प्रधानमन्त्रीज्यूको निर्देशन रहेको र सोही अनुसार सरकार अघि बढेको छ।’

    यस्तै उनले सहकारीको समस्यालाई समाधान गर्नका लागि नियमक निकाय नभएको र नियमक निकाय छिटो ल्याउने प्रतिबद्धता गरे। यस्तै मन्त्री पौडेलले सेयर बजारमा लगानी गर्नुपूर्व लगानीकर्ता सजग हुनुपर्ने बताए।

    ‘सेयर बजारमा लगानी गर्ने लगानी कर्ताले लगानीगर्नु पूर्व सम्बन्धित कम्पनीको बारेमा बुझेर मात्र कारोबार गर्नु होला। किनकी सेयर बजारमा लगानी गर्दा नाफा नोक्सान हुने हुन्छ। सेयर बजार अर्थतन्त्रको ऐना हो। यसमा बुझेर लगानी गर्दा पक्कै फाइदा छ,’ उनले भने।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै