images
images
  • एमाले उपाध्यक्ष र १६ जना केन्द्रीय सदस्यले लिए सपथ

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालै पार्टीमा मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा आज आयोजित कार्यक्रममा उनले उपाध्यक्षमा मनोनीत गुरु बराल र अन्य १६ जना केन्द्रीय सदस्यलाई सपथ गराएका हुन् ।

    प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एमालेको विधान, २०४९ (संशोधित २०७८) को धारा ६६ को २ (च)मा भएको व्यवस्थाअनुसार मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराएका थिए ।

    मनोनीत केन्द्रीय सदस्यहरू सुवास कर्माचार्य (सिन्धुपाल्चोक), जितेन्द्र देव (सुनसरी), रामपृत राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमल तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान) केदार सिग्देल (तनहुँ) र मनमोहन पौडेल (पर्वत) रहेका छन् ।

    यसैगरी हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (अर्घाखाँची), प्रभा कोइराला (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) मनोनीत केन्द्रीय सदस्यले आजै प्रधानमन्त्री ओलीबाट सपथ लिए ।

    नयाँ थपिएका १६ जनासहित अब एमालेमा तीन सय ७४ सदस्यीय केन्द्रीय कमिटी बनेको छ । गत साउन १७ गते बसेको सचिवालय बैठकले एक उपाध्यक्ष र १६ जना केन्द्रीय सदस्यलाई पार्टी विधानको धारा ६५ अनुसार मनोनयन गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै