images
images
  • मन्त्री पाण्डेले सार्वजनिक गरे एक महिनाको कार्यतालिका

    काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गरेका छन्।

    सोमबार आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठक मार्फत मन्त्रालयको कार्यलाई प्रभावकारी बनाउन एक महिने कार्यतालिका सार्वजनिक गरेका हुन्।

    मन्त्री पाण्डेले आगामी महिनादेखि प्रत्येक बुधबार मन्त्रालयका विभागस्तरिय छलफल गर्नका लागि कार्यतालिका सार्वजनिक गरेको बताए। मन्त्रालयले बोकेका लक्ष्य र उदेश्य हासिल गर्नका लागि युद्वस्तरमा काम गरिरहेको मन्त्री पाण्डेको भनाइ छ।

    आगामी भदौ महिनाको पहिलो बुधबार ५ गते संस्कृति महाशाखा,१२ गते पर्यटन महाशाखा,१९ गते नागरिक उड्डयन र महिनाको अन्तिम बुधबार संयुक्त रूपमा छलफल गर्ने गरि तयारी गर्न सचिव र महाशाखा प्रमुखलाई निर्देशन समेत दिएका छन्। उनले सरकार र कर्चारीबीचको सम्बन्ध मार्फत मात्रै देशको विकास हुनेमा विश्वास व्यक्त गरे।

    देश सिस्टममा नबस्दा जनताहरूले दुख पाएको बताउँदै सिस्टममा लैजानका लागि कर्मचारीलाई हतोतसाहित भन्दा पनि प्रोत्साशन र उत्प्रेरणा दिनु पर्नेमा जोड दिए। मन्त्री पाण्डेले आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापना लागि काम गर्ने अठोट समेत व्यक्त गरे।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै