images
images
  • चौतर्फी आलोचनापछि मधेसका मुख्यमन्त्री सिंहले बर्खास्त गरे ८ राज्यमन्त्री

    काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्। मधेसमा नेकपा (एमाले) का ३, नेपाली कांग्रेसका २, जनमतका २, लोसपाका एक राज्यमन्त्री थिए।

    उक्त जम्बो मन्त्रीमण्डलको चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरुलाई बर्खास्त गरेका हुन्। अब मधेस सरकारमा कांग्रेसका चार, एमालेका चार, जनमतका मुख्मयन्त्रीसहित तीन र लोसपाका एक मन्त्री छन्।

    सिके राउत नेतृत्वको जनमत पार्टीका सांसद सिंह मधेसमा मुख्यमन्त्री छन्। उनले पछिल्लो पटक ५ जना राज्यमन्त्री नियुक्त गरेका थिए।

    त्यसपछि जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरणसमेत सोधेको थियो भने सत्तारूढ नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, नैनसिंह महरलगायतले केन्द्रीय समिति बैठकमै मधेसमा जम्बो मन्त्रिपरिषद गठन गरेकोमा आलोचना गरेका थिए।

    मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरूलाई पदबाट राजीनामा दिन भनेका थिए। सोअनुसार सत्तारूढ नेकपा (एमाले) का तीन जना राज्यमन्त्रीले सोमबार नै राजीनामा बुझाएका थिए।

    एमाले संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले पार्टीबाट राज्यमन्त्री भएकाहरूले राजीनामा दिइसकेको बताए। मधेस मुख्यमन्त्रीले अहिलेसम्मकै धेरै २० सदस्यीय मन्त्रिमण्डल बनाएको भन्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आन्दोलन गर्दै आएको थियो।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै